बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका गृहमन्त्रीले चेतावनी दिँदै भने, ‘अब कि इमरान छैनन् कि हामी’

सोमबार, १३ चैत २०७९, १३ : ०२
सोमबार, १३ चैत २०७९

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पूर्व प्रधानमन्त्री इमरान खानले राजनीतिलाई ‘दुस्मन’मा परिणत गरेको बताएका छन् ।

राणा सनाउल्लाहका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले स्थितिलाई त्यो हदसम्म ल्याएका छन् जहाँ कि त उनी छैनन् कि हामी । 

एक निजी टिभी च्यानललाई दिएको अन्तरवार्तामा पाकिस्तानका गृहमन्त्रीले इमरान खानलाई आफ्नो सत्ताधारी दल आफ्नो अस्तित्व बचाउन कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन् ।

इमरान खानलाई आफ्नो पार्टीको ‘दुस्मन’ बताउँदै उनीसँग पनि त्यस्तै खालको व्यवहार गरिने बताएका छन् । 

राणा सनाउल्लाहले भने, ‘सत्तारुढ पिएमएल–एनलाई लाग्छ कि उनको अस्तित्व खतरामा छ र ऊ आफ्नो प्रमुख विरोधीविरुद्ध कुनै पनि हदसम्म जानेछ ।’

पीटीआई नेता असद उमरले यो बयानमा आफ्नो प्रतिक्रिया दिएका छन् । असदले भने, ‘अदालतले यस विषयमा ध्यान दिनुपर्छ ।’

imranअदालतमा इमरान खान हाजिर 

गत वर्ष नोभेम्बरमा पन्जाबको वजिराबादमा इमरान खानमाथि आक्रमण भएको थियो । त्यसपछि उनले राणा सनाउल्लाहमाथि आरोप लगाएका थिए । उनले पाकिस्तानका प्रधानमन्त्री र थुप्रै अधिकारीमाथि पनि आरोप लगाएका थिए ।

सनाउल्लाहले इमरान खानको भनाइका कारण दुवै पार्टीका समर्थकबीच मतभेद उत्पन्न भएको बताए ।

पाकिस्तानको अखबार डनले उनलाई उद्धृत गर्दै भनेको छ, ‘कि त उनी वा हामी (एक अर्काका समर्थकहरू मार्फत) मारिन सक्छौँ ।’

यस्ता अभिव्यक्तिले पाकिस्तानमा अराजकता निम्त्याउन सक्दैन र भनेर सोधिएको प्रश्नमा गृहमन्त्री राणा सनाउल्लाहले पाकिस्तानमा पहिलेदेखि नै अराजकताको अवस्था रहेको बताए ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज (सोमबार) इस्लामावाद उच्च अदालतमा उपस्थित हुनुपर्नेछ । उनी लाहोरबाट इस्लामावाद जाँदै छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप