आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतको आदेश

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले रोकिएका कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।
स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन र १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको हो ।
आरआर क्याम्पसबाट अनेरास्ववियुबाट सभापतिका उम्मेदवार मदन भण्डारीले रिट दायर गरेका थिए । त्यस्तै पाटन क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार सुरेश जिसी र नेपाल कमर्स क्याम्पसबाट स्ववियु सचिवका उम्मेदवार दिवस सापकोटाले उच्चमा रिट दायर गरेका थिए ।
उनीहरूले निर्वाचन मितिको तोकेर स्ववियु निर्वाचन गराउन आदेश जारी गर्न माग गरेका थिए । चैत ५ गते तोकिएको स्ववियु निर्वाचन तालाबन्दीका कारण हुन सकेको छैन । नेपाल कमर्स क्याम्पसमा गत शनिवार निर्वाचनको मिति तोकिएको थियो । तर, मतदान गर्ने वातावरण नबनेपछि अन्तिममा गएर अनिश्चितकाका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर