आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतको आदेश
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले रोकिएका कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।
स्ववियु निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन र १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको हो ।
आरआर क्याम्पसबाट अनेरास्ववियुबाट सभापतिका उम्मेदवार मदन भण्डारीले रिट दायर गरेका थिए । त्यस्तै पाटन क्याम्पसबाट स्ववियु सभापतिका उम्मेदवार सुरेश जिसी र नेपाल कमर्स क्याम्पसबाट स्ववियु सचिवका उम्मेदवार दिवस सापकोटाले उच्चमा रिट दायर गरेका थिए ।
उनीहरूले निर्वाचन मितिको तोकेर स्ववियु निर्वाचन गराउन आदेश जारी गर्न माग गरेका थिए । चैत ५ गते तोकिएको स्ववियु निर्वाचन तालाबन्दीका कारण हुन सकेको छैन । नेपाल कमर्स क्याम्पसमा गत शनिवार निर्वाचनको मिति तोकिएको थियो । तर, मतदान गर्ने वातावरण नबनेपछि अन्तिममा गएर अनिश्चितकाका लागि स्थगित गरिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण