कर्णालीमा कालो बादलकाबीच पनि चाँदीको घेरा देखिन्छ : प्रदेश प्रमुख परियार
सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले अरू प्रदेश हिँडेर गन्तव्यमा पुग्ने भए पनि कर्णालीले भने दौडिनुपर्ने बताएका छन् ।
आज कर्णाली प्रदेश सभाको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले कर्णालीका लागि सङ्घीयता नभई नहुने बताए । परियारले कर्णाली प्रदेशका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य हाम्रो प्रमुख चुनौती रहेकाे बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल, जिल्ला अस्पताल र पालिका अस्पतालहरूमा सङ्घ र प्रदेशले गरेको लगानीका कारण यस प्रदेशका स्वास्थ्य सूचकहरूमा सकारात्मक परिवर्तनहरू देखा परेका बताउँदै उनले प्रदेश सरकारले विशेषज्ञ सेवा, घुम्ती स्वास्थ्य सेवा, स्वास्थ्य शिविरहरू, विपन्न लक्षित स्वास्थ्य सेवा कार्यक्रमहरूको विस्तार गर्दै जानु अत्यावश्यक रहेको बताए ।
' कालो बादलबीच पनि चाँदीको घेरा देखिन्छ भन्ने भनाइलाई मध्यनजर गर्दै कर्णालीका लागि सङ्घीयता नै उपयुक्त बाटोका रूपमा देखा परेको छ,' उनले भने,' कर्णाली प्रदेश अपार प्राकृतिक स्रोत, जैविक विविधता र सौन्दर्ययताले भरिपूर्ण प्रदेश हो। यहाँ तुलनात्मक लाभ र उच्च मूल्यका कृषि उपजहरूको भण्डार रहेको छ । देशकै आधा जडीबुटी उत्पादन गर्ने यो प्रदेश जडीबुटीको राजधानी हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण