नेपाल लाइफका अभिकर्तालाई बुटवलमा प्रशिक्षण
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो ।
यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरू स्मृति राज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपक राज भट्ट लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरे । अभिकर्ताहरुको क्षमताको विकाश कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याई कार्यक्रम आयोजना गरिएको बताए । त्यस्तै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बताए । कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बईबाट ख्यातिप्राप्त प्रशिक्षक विजय कुमार झा उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण