मिटरब्याज पीडितलाई मधेसका मुख्यमन्त्रीले भने,–‘तपाईको आँसुको हरेक थोपामा हाम्रो साथ छ’
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितको आन्दोलनमा समर्थन जनाएका छन् । ११ दिन पैदल हिँडेर काठमाडौँ पुगेका पीडितको पक्षमा बुधबार एक विज्ञप्ति जारी गर्दै उनले समर्थन जनाएका हुन् ।
मुख्यमन्त्री यादवले मिटरब्याज पीडितहरूको हरेक पाइलामा साथ दिन तयार रहेको बताएका छन् । ‘हामी जिम्मेबारीबाट भाग्न सक्दैनौ, भाग्दैनौँ पनि । तथापि यो प्रदेशको मात्रै समस्या होइन । प्रदेशबाट उठेको देशको समस्या हो’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रूपमा लड्न मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकारको तर्फबाट सारा विद्धत वर्ग, चिन्तक, योजनाविद् र विज्ञहरूलाई आव्हान गरेका छन् ।
‘मधेसबाट उठे पनि यो समस्या देशकै हो । एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरूमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृत्ति देखिएको छ,' मुख्यमन्त्री यादवले भनेका छन् ।
मुख्यमन्त्री यादवले शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेशले समेत मिलेर संयुक्त रूपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको बताएका छन् ।
उनले भने -'जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ । सहकार्य गर्न सकिन्छ, यसबारे ठोस् गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।' मुख्यमन्त्री यादवले केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेको पहललाई स्वागत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण