मिटरब्याजी विरुद्धको आन्दोलनप्रति किसान महासङ्घको ऐक्यबद्धता
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मिटरब्याजी विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गरी तराईबाट ११ दिन पैदल हिँडेर काठमाडौँमा आन्दोलन गरिरहेका मिटरब्याजीप्रति ऐक्यबद्धता जनाएको हो । किसान महासङ्घले मिटर ब्याज कारोबारीलाई गैर कानुनी घोषणा गर्न माग गरेको छ । साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्ण रूपमा मिनाहा गर्न माग गर्दै उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्न समेत महासङ्घको माग छ ।
‘लिएको साँवा बराबर ऋण भुक्तानी गर्न बाँकी रहेका ऋणीहरूलाई ऋण तिर्नका लागि उनीहरूको सहमतिमा समय अवधि दिइयोस्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले ब्याज र हर्जाना पूर्ण रूपमा मिनाहा र निषेध गर्न सरकारसँग माग समेत गरेको छ । त्यस्तै ऋण लिँदा घर–जग्गा धितो रोक्का राखिएको भए फुकुवा र रजिस्ट्रेसन पास गरेर लिएको भएमा तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ । जग्गा फुकुवा वा फिर्ता गर्न अटेर गर्ने मिटरब्याजीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न समेत महासङ्घले माग गरेको छ ।
ऋण दिँदा गरिब किसानहरूको घर–जग्गा अति सस्तो मूल्यमा रजिस्ट्रेसन पास गरेर लिने र फिर्ता नगर्ने मिटरब्याजी र सरकारी कर्मचारीलाई समेत तत्काल कारबाही गर्न महासङ्घले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण