शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुटुम्बले नयाँ वर्षमा काठमाडौँको टुँडिखेल तताउने

बुधबार, १५ चैत २०७९, १४ : १०
बुधबार, १५ चैत २०७९

काठमाडौंँ । चर्चित सांगीतिक समूह कुटुम्बलेले नयाँ वर्षमा काठमाडौंको टुँडिखेल तताउने भएको छ । वैशाख १ गते टुँडिखेलमा आयोजना हुन लागेको ‘ओशो महोत्सव २०७९’ मा कुटुम्बले विशेष प्रस्तुति  दिनेछ । यसपटक कुटुम्बले अहिलेसम्म नगरेको नयाँ प्रयोगहरु समेत गर्ने बताइएको छ । नयाँ वर्षलाई स्वागत गर्दै आयोजना हुन लागेको महोत्सवमा ओशो तपोवनको प्रस्तुति र ओम नेपाल मिडियाले आयोजना गर्न लागेको हो । यसपटक ओशो महोत्सव संगीत, ध्यान, साधना, स्वाद, हाँस्यको र अध्ययनको महोत्सव हुने बुधबार आयोजित पत्रकार भेघाटको क्रममा जानकारी दिइयो । महोत्सवमा ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिंङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल बाचन र प्रहशन समेत रहने आयोजकले जनाएको छ । 

यो महोत्सव गतवर्ष वैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा आयोजित ध्यान र उत्सवको दोस्रो संकरण हो । विहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा चल्ने महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्मका व्यक्तिहरुको सहभागिता रहनेछ ।  विहान ९ बजेबाट ओशो महोत्सवको आयोजना भएपनि मुख्य कार्यक्रम साँझ ५ बजेदेखि शुरु हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सब गर्ने लक्ष्य आयोजकको छ । देशका विशिस्ठ व्यक्तिहरुको उपस्थितिमा रहने अनुमान गरिएको उत्सवमा बोधिसत्य स्वामी आनन्द अरुणज्यूबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, संगीत र हास्य पनि प्रस्तुत हुनेछ । ओशो महोत्सवमा हुने फुड फेस्टिबलको संयोजन अन्तर्राष्ट्रिय  ख्याती प्राप्त सेफ सन्तोष शाहले गर्नेछन् । उनका केही नयाँ परिकारहरुको स्वाद महोत्सवमा लिन सकिनेछ ।   शारीरिक तथा मानसिक तनाब, हताशा र विशादको कारणले दिनानुदिन बिग्रिँदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद माध्यमबाट जोडी एक समृद्व मनुष्य निर्माणमा यो महोत्सवले अहम् भूमिका खेल्न सक्ने विश्वास आयोजक पक्षको रहेको छ । ओशो महोत्सवको महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरिजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सवको मिडिया संयोजन चलचित्र पत्रकार संघ नेपालले गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप