बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारा २ को उपनिर्वाचनका लागि आम जनता पार्टीको सक्रियता

बुधबार, १५ चैत २०७९, २१ : ५२
बुधबार, १५ चैत २०७९

बारा । बारा २ मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रभु साह नेतृत्वको  आम जनता पार्टीले सक्रियता जनाएको छ । उपनिर्वाचनका लागि मनोनयन दर्ताको दिन नजिकिएसँगै आम जनता पार्टीले सक्रियता बढाएको हो । सो पार्टी सत्ता गठबन्धन आबद्ध दलबाट साझा उम्मेदवार तय गर्नुपर्ने पक्षमा देखिएको छ । 

जसअनुसार बुधबार साझा उम्मेदवार तय गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । पार्टीको महागढीमाई नगर कमिटीको आयोजनमा अन्तरक्रिया कार्यक्रम भएको सो पार्टीले जनाएको छ । कार्यक्रममा गठबन्धनमा आबद्ध दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

a-jp

बारा २ मा जसपाबाट उपेन्द्र यादवले गठबन्धनको साझा उम्मेदवार हुन कसरत गरिरहेका छन् । सोही अनुसार बुधारबा क्षेत्रीय कमिटीले उनको एकल नाम सिफारिस गरेको छ। तर, गठबन्धनबाटै जनमत पार्टीले पनि आफ्नो उम्मेदवार घोषणा गरेको छ । 

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएसँगै वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो । त्यसका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप