बारा २ को उपनिर्वाचनका लागि आम जनता पार्टीको सक्रियता
बारा । बारा २ मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रभु साह नेतृत्वको आम जनता पार्टीले सक्रियता जनाएको छ । उपनिर्वाचनका लागि मनोनयन दर्ताको दिन नजिकिएसँगै आम जनता पार्टीले सक्रियता बढाएको हो । सो पार्टी सत्ता गठबन्धन आबद्ध दलबाट साझा उम्मेदवार तय गर्नुपर्ने पक्षमा देखिएको छ ।
जसअनुसार बुधबार साझा उम्मेदवार तय गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टीको महागढीमाई नगर कमिटीको आयोजनमा अन्तरक्रिया कार्यक्रम भएको सो पार्टीले जनाएको छ । कार्यक्रममा गठबन्धनमा आबद्ध दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बारा २ मा जसपाबाट उपेन्द्र यादवले गठबन्धनको साझा उम्मेदवार हुन कसरत गरिरहेका छन् । सोही अनुसार बुधारबा क्षेत्रीय कमिटीले उनको एकल नाम सिफारिस गरेको छ। तर, गठबन्धनबाटै जनमत पार्टीले पनि आफ्नो उम्मेदवार घोषणा गरेको छ ।
बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएसँगै वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो । त्यसका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण