क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न समस्या, अस्पताल भर्ना
क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । यसबारे जानकारी दिँदै भ्याटिकनले ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताएको छ । तर उनी कोभिडबाट संक्रमित भने छैनन् ।
यो विज्ञप्तिमा संक्रमणका कारण पोप फ्रान्सिस आगामी केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने पनि बताइएको छ । पोप फ्रान्सिसका लागि यी महिना वर्षको सबैभन्दा व्यस्त समय हुन्छ । उनले यति बेला धेरै कार्यक्रमहरूमा भाग लिनुपर्ने हुन्छ ।
गत बुधवार सेन्ट पिटर स्क्वायरमा आएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए । यस क्रममा उनी ठिक ठाक देखिएका थिए तर आफ्नो गाडीमा चढ्ने बेला उनी थोरै असहज देखिएका थिए ।
भ्याटिकनले यसअघि पोप फ्रान्सिस पूर्व निर्धारित चेकअपका लागि अस्पताल गएको बताएको थियो ।
तर एक टिभी अन्तरवार्ताका लागि उनले अचानक अस्वीकार गरेपछि इटालीको मिडियाले भेटिकनको दाबीमाथि प्रश्न उठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण