क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न समस्या, अस्पताल भर्ना

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । यसबारे जानकारी दिँदै भ्याटिकनले ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताएको छ । तर उनी कोभिडबाट संक्रमित भने छैनन् ।
यो विज्ञप्तिमा संक्रमणका कारण पोप फ्रान्सिस आगामी केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने पनि बताइएको छ । पोप फ्रान्सिसका लागि यी महिना वर्षको सबैभन्दा व्यस्त समय हुन्छ । उनले यति बेला धेरै कार्यक्रमहरूमा भाग लिनुपर्ने हुन्छ ।
गत बुधवार सेन्ट पिटर स्क्वायरमा आएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए । यस क्रममा उनी ठिक ठाक देखिएका थिए तर आफ्नो गाडीमा चढ्ने बेला उनी थोरै असहज देखिएका थिए ।
भ्याटिकनले यसअघि पोप फ्रान्सिस पूर्व निर्धारित चेकअपका लागि अस्पताल गएको बताएको थियो ।
तर एक टिभी अन्तरवार्ताका लागि उनले अचानक अस्वीकार गरेपछि इटालीको मिडियाले भेटिकनको दाबीमाथि प्रश्न उठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म