बागमती प्रदेश : मन्त्रालय बाँडफाँटमा दलहरुबीच अझै भएन सहमति
काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा कुरा नमिलेपछि आज बिहान बस्ने भनिएको कार्यदलको बैठक अनौपचारिक छलफलमा सिमिति भएको छ । भागबन्डा टुंग्याउन बनेको कार्यदलको बैठकमा नेकपा एकीकृत समाजवादी अनुपस्थित भएपछि बिहानका लागि डाकिएको बैठक अनौपचारिक छलफल गरेर सकिएको छ ।
अनौपचारिक बैठकमा कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री, मुख्य सचेतक रत्न ढकाल, हाम्रो नेपाली पार्टीका शैलेन्द्रराज बज्रचार्य उपस्थित थिए । अनौपचारिक बैठकले समाजवदीलाई बैठकमा आउन आह्वान गरे पनि उपस्थित नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बागमती प्रदेशमा ११ मन्त्रालयमध्ये एकीकृत समाजवादीले ३ वटा मन्त्रालयको दावी गरेको छ भने माओवादी केन्द्र मुख्यमन्त्रीसहित ४, कांग्रेस ६ र हाम्रो नेपाली पार्टीले एउटामा लविङ गर्दै आएका छन् ।
पार्टी केन्द्रको निर्देशनअनुसार आजको बैठकमा उपस्थित नभएको एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । शर्माले भने, ‘भागबण्डाका विषयमा कुरा मिल्दैन, त्यसैले पनि बैठकमा नजान भनिएको छ ।’ अनौपचारिक छलफलमा आजै ३ बजे बैठक बस्ने र समाजावदीलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ । ३ बजेको बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा पार्टी केन्द्रसँग छलफल गर्ने तयारी भएको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण