कांग्रेस छाडेपछि स्वर्णिमले भने : देउवा-आरजु गिरोहको अपमानले यो स्थिति ल्यायो
काठमाडौँ । कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णीम वाग्लेले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा)गिरोहको निरन्तरको हेपाइ र अपमानले यो स्थिति ल्याएको बताएका छन् ।
पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरुलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।
‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।
उनले यो निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको स्पष्ट गरेका छन् । ‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।
उनले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् । ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, वाग्लेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण