प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ
बारा । बाराको आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्र बाहिररिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।
‘प्रश्नपत्र आउट भएको देखिन्छ तर उत्तर पठाएको देखिँदैन्, यस विषयमा हामीले परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएर अनुसनधान शुरु गरेका छौँ,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘प्रश्नपत्र आउट भएपनि बाहिरबाट उत्तर भित्र आएको देखिँदैन ।’ एसईई परीक्षा शुरु भएको १५ मिनेटमै प्रश्नपत्र बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरिसकेको जनाइएको छ ।
प्रजिअ सापकोटाले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा आकस्मिक बैठक बसेर अनुसन्धान शुरु भइसकेको बताए । एसईईको पहिलो दिन आज अंगेजी विषयको परीक्षा सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण