नयाँ गठबन्धनमा माओवादीलाई एक मन्त्रालय बोनस !
शुक्रबार, १७ चैत २०७९, २३ : ०४
काठमाडौँ । कांग्रेससहितको नयाँ गठबन्धनमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले एक मन्त्रालय बोनसका रूपमा पाएको छ ।
यसअघि प्रधानमन्त्रीसहित ५ वटा मन्त्रालय पाएको माओवादीले नयाँ गठबन्धनमा एक मन्त्रालय थपिएको छ । योसँगै माओवादीसँग ६ मन्त्रालय भएका छन् । माओवादीले थप पाएको मन्त्रालयमा शक्ति बस्नेतले जिम्मेवारी पाएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी बस्नेतले पाएका हुन् । एमाले गठबन्धनको सरकारमा ऊर्जा मन्त्रालय राप्रपाका राजेन्द्र लिङ्देनले पाएका थिए । योसँगै माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमा नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती संस्कृति तथा पर्यटन र अमनलाल मोदी सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न