नयाँ गठबन्धनमा माओवादीलाई एक मन्त्रालय बोनस !
शुक्रबार, १७ चैत २०७९, २३ : ०४
काठमाडौँ । कांग्रेससहितको नयाँ गठबन्धनमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले एक मन्त्रालय बोनसका रूपमा पाएको छ ।
यसअघि प्रधानमन्त्रीसहित ५ वटा मन्त्रालय पाएको माओवादीले नयाँ गठबन्धनमा एक मन्त्रालय थपिएको छ । योसँगै माओवादीसँग ६ मन्त्रालय भएका छन् । माओवादीले थप पाएको मन्त्रालयमा शक्ति बस्नेतले जिम्मेवारी पाएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी बस्नेतले पाएका हुन् । एमाले गठबन्धनको सरकारमा ऊर्जा मन्त्रालय राप्रपाका राजेन्द्र लिङ्देनले पाएका थिए । योसँगै माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमा नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती संस्कृति तथा पर्यटन र अमनलाल मोदी सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण