महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
काठमाडौँ । महिलाकै चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमान्को म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाडौँको नेपालटार बस्ने १९ वर्षकी देवकी न्यौपानेलाई पक्राउ गरेको छ ।
पीडितको जाहेरीपछि ब्युरोले गरेको अनुसन्धानमा उक्त कार्यमा संलग्न रहेको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट आजै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
अर्को घटनामा अनलाइनबाट आफू र साथीको फोटो इडिट गरी फेसबुकमा सार्वजनिक गरेको भन्ने पीडितको आरोपमा काठमाडौँको कोटेश्वर बस्ने मुना त्रिताललाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
निवेदकको फेक प्रोफाइल बनाई अश्लील संवाद गर्नुका साथै सामाजिक सञ्जालबाट बदनाम गराउने गरी भिडियो प्रदर्शन गरेकाले अर्की एक महिलालाई पनि ब्यूरोले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउ गर्नेमा गोरखा घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ३९ वर्षकी उर्मिला घिमिरे रहेकी छन् । तीनै वटा घटनामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण