तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : कांग्रेस नेता
काठमााडौँ । नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् ।
कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँमा कांग्रेसका उम्मेदवार भट्टराईलाई चुनाव जिताउन आफूले नेतृत्व लिने बताए । “तनहुँको समग्र विकासका लागि कांग्रेसको जित आवश्यक छ”, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य एवं उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले पार्टीले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले आफूले विगतमा गरेका कामका आधारमा तनहुँका जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले तनहुँको विकासका लागि आफू लाग्ने विश्वास व्यक्त गरे। कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, कांग्रेस तनहुँका नेता समुन्द्र गोदारलगायतले तनहुँको विकासको खाका कोरेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण