भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, के गर्ला निगम ?
काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।
हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिए ।
यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १८८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्ने प्रश्नमा थानीले भने, ‘सचिवज्यू चीन भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आज राती मात्रै नेपाल आइपुग्नुहुन्छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भर्खरै आउनुभएको छ । यसबारे केही निर्णय भइसकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण