भीम रावलसँग वार्ता गर्न एमालेले बनायो ३ सदस्यीय टोली, स्पष्टीकरण सोध्ने तयारी
काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली बनाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले ३ सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ ।
पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेकाे ३ सदस्यीय टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।
स्रोतका अनुसार एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । शनिबार बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्टीकरण नभएर सोधपुछ गर्नेबारे छलफल भएको बताए । केही दिन अघि उपाध्यक्ष विष्णु पौडेल अछाम गएपछि रावल पक्षधर नेता कार्यकर्ताले पौडेलविरुद्ध नारावाजी गरेका थिए । त्यसपछि नेता रावलले आफ्नै गाउमा आउदा पनि पौडेलले आफुलाई जानकारी नदिएको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण