बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एन.जी. मार्केटको ‘लक्की ड्र’ प्रतियोगिता : ग्राहकलाई तीन करोडको उपहारको घोषणा

शनिबार, १८ चैत २०७९, १६ : २७
शनिबार, १८ चैत २०७९

बुटवल । रुपन्देहीको तिलत्तमा नगरपालिकामा रहेको एन.जी. मार्केट कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरेर एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको छ । उपहार योजनामा एक जनालाई तिलोत्तमा नगरपालिका भित्र १० धुर जग्गामा निर्माण गरिएको १ हजार ६ सय स्क्वायर फुटको साढे २ तले घरदेखि राईस कुकर सम्म रहेका छन् । 

एन.जी. मार्केट कम्पनीले  पत्रकार सम्मेलन  गरेर योजना १ चैत २०६९ देखि ७ मङ्सिर २०८० (हरिबोधनी एकादशी) सम्म रहने जनाएको छ । कम्पनीका अध्यक्ष नारायण बन्जाडेले हरिबोधनी एकादशीको दिन लक्की ड्र खोलिने  बताए । 

उनले यो उपहार योजना अन्तरगत एक जनालाई किया ब्राण्ड कार, एक जनालाई रोयल एनफिल्ड ३५० सिसिको मोटरसाईकल, एक जनालाई भेस्पा स्कुटर प्रदान गरिने बताए । त्यस्तैगरी १५ जनालाई एक टन क्षमताको एयर–कन्डिसनर, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई टप लोड वासिङ मेसिन, २५ जनालाई ५५ इन्चको टेलिभिजन, १२५ जनालाई राईस कुकर र ८०१ जनालाई क्लोथ आइरन गरी १ हजार जना ग्राहकलाई उपहार प्रदान गरिने  छ । 

कम्पनीका प्रबन्धक आवाश बन्जाडेले ‘लक्की ड्र’ प्रतियोगितामा सहभागी हुनको लागि दैनिक घरायसी सामान खरिद गर्दा एन.जी. मार्केटको ग्राहक सदस्यता लिनु पर्ने जानकारी दिए ।  त्यस्तै १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा ५ हजार रुपैयाँ बराबरको लुगा, कपडा तथा जुत्ताको खरिदमा लक्की ड्र कोड भएको कुपन उपलब्ध गराइने छ । 

ng- m

त्यस्तै एन.जी. रेस्टुरेन्टमा एकपटकमा ५ हजारको खानपिन विलमा एउटा लक्की ड्र कुपन प्रदान गरिने छ । सामानको खरिदमा एउटै नम्बरका दुई वटा लक्की ड्र कोड युक्त कुपन ग्राहकलाई प्रदान गरिने छ । त्यसमध्ये एउटा लक्की ड्र बक्समा खसाल्नु पर्ने छ भने अर्को सुरक्षित साथ राख्नुपर्ने छ । उपहार हस्तान्तरण गर्दा लाग्ने कर भने विजेताले नै व्यहोर्नु पर्ने स्टोर इन्चार्ज दीपक भट्टराईले बताए । 

भारतको सुनौली जाने नेपाली उपभोक्तालाई लक्षित गरेर २ अर्बको लगानीमा अघिल्लो वर्ष वैशाख १ गतेदेखि एनजी मार्केट सञ्चालनमा आएको थियो । जसमा अहिलेसम्म ५० हजार उपभोक्ता आएका छन् भने २० हजार उपभोक्ता नियमित रूपमा आउने गरेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप