एस्टन भिल्लासँग पराजित चेल्सी एक स्थान तल झर्यो
आइतबार, १९ चैत २०७९, ०७ : ५६
काठमाडौं । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो ।
चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए । सो पराजयसँगै चेल्सी एक स्थान तल झरेको छ ।
जसअनुसार २८ खेलबाट ३८ अंकसहित चेल्सी ११औं स्थानमा झरेको छ भने चेल्सीलाई पराजित गरेपछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण