सानेपामा नेविसंघको अनशन र नाराबाजी
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का सभापति दुजाङ शेर्पालाई बर्खास्तीको माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबारदेखि सुरु भएको रिले अनशन आज पनि जारी छ।
अनशन आयोजक नेविसंघ बृहत् संघर्ष समितिले नेविसंघ सभापति शेर्पाको बर्खास्ती, विभिन्न जिल्लामा दिएका चिठी खारेजी र नेविसंघको १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने माग राखेको छ। आजको रिले अनसनमा रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत बसेका छन्। स्ववियु निर्वाचनपछि विभिन्न जिल्लामा अध्यक्ष मनोनीत गर्दा नेविसंघभित्र विवाद देखिएको छ।
कतिपय जिल्लामा एकभन्दा बढी अध्यक्ष चयन गरिएका पत्रहरू सार्वजनिक हुँदा विवाद बढेको हो। अध्यक्ष दुजाङले काठमाडौँ नेविसंघको अध्यक्ष मनिष डंगोललाई मनोनीत गरेपछि विवाद चर्किएको हो । नेपाली कांग्रेस काठमाडौँले अनशुल केसीको नाम एक नम्बरमा सिफारिस गरे पनि अध्यक्ष शेर्पाले डंगोललाई मनोनीत गरे । केसी नेता प्रकाशमान सिंह निकट हुन् भने जिल्ला अध्यक्षमा मनोनीत डंगोल महामन्त्री गगन थापा निकट हुन् ।
_X7CYR81wRC.jpg)
_WgcXPujUhR.jpg)
_EVfdpm2wIk.jpg)
_zQtNnTDDbA.jpg)
_0drVG9RR06.jpg)
_T8k9ZXOvuU.jpg)
_6p00os0kdv.jpg)
_PUeLslTR88.jpg)
_0JbUB0Y8nj.jpg)
_BHQXmRisH1.jpg)
_nxvJNoz92r.jpg)
_JfdTqUQXKh.jpg)
_8i7BzewcFs.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण