सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरबाट १२ जना जुवाडे पक्राउ

आइतबार, १९ चैत २०७९, १२ : २८
आइतबार, १९ चैत २०७९

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट प्रहरीले १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । नयाँ बस्तीको पहेँलो पुल नजिकै ४० बर्सिया सन्चिमाया बाइवाको टिनको टहराबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति उनीहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट ५९ हजार ८५ रुपैयाँ नगद र  १६ थान कौडा बरामद गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप