नेप्सेले अर्थमन्त्रीलाई स्वागत गरेन, पहिलो दिननै २० अंकको गिरावट
काठमाडौं । नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले कोल्टे फेर्ने अपेक्षा गरिएपनि त्यसो हुन सकेन । शुक्रबार मात्र अर्थमन्त्रीमा डा.प्रकाश शरण महत नियुक्त भएका छन् । तर, नयाँ अर्थमन्त्री आएको पहिलो कारोबार दिन नै नेप्सेमा २० अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २० अंकले घट्दै १८ सय ८८.५५ अंकको विन्दुमा ओर्लिएको हो । यस्तै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७२ अंकले घट्दै ३५५.७५ अंकमा झरेको नेप्सेले जनाएको छ ।
२० अंकले घटेको बजारमा आज १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक नै ऋणात्मक हुन पुगेको छ । यद्यपि, कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा ९.९६ प्रतिशतले वृद्धि हुँदैगर्दा यता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९.६१ प्रतिशतको गिरावट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण