यमनमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

साना । यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ ।
शुक्रबार अबेरदेखि सुरु भएको वर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब दुई फितसम्म जम्मा भउको थियो ।
वर्षाका कारण बजार, घर र पसलहरू डुबानमा परेका छन् । केही मुख्य सडक र सुरुङका प्रवेशद्वारहरू बन्द गरिएका छन् ।
युनेस्कोको सम्पदा क्षेत्र सानाको पुरानो सहरभित्र र बाहिर शनिबार अबेरसम्म पनि अल–तहरीर स्क्वायर, बाब–अल–यमन र अल–सईलाहमा पानीको सतह घट्न सकेको छैन ।
स्थानीयबासिन्दाले आफ्ना सामानको उद्धार गर्ने क्रममा आफ्नो भुईंतल्ला र पसलबाट पानी र फोहोर सफा गर्न संघर्ष गरिरहेका देखिन्थे ।
यमनको राष्ट्रिय मौसम सेवाले वर्षायाम सुरु भएसँगै वर्षामा वृद्धि हुने अनुमान गर्दै विभिन्न प्रान्तका लागि आकस्मिक बाढी आउनसक्ने चेतावनी जारी गरेको छ ।
गत वर्षायाममा सानामा कम्तीमा १० वटा अग्ला भवन भत्किएका थिए भने पुरानो सहरमा दर्जनौं भवनमा भारी वर्षाका कारण क्षति पुगेको थियो । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
दुर्गा र प्रतापको ‘ओइ नक्कले’मा सुशान्त र प्रियंकाको रोमान्स
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की