बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कफीमा के मिसाएर अनुहारमा लगाउने ? यी पाँच चिज जसले दाग हटाउँछ, चमक बढाउँछ

सोमबार, २० चैत २०७९, १३ : २९
सोमबार, २० चैत २०७९

कफी धेरैजसो मानिसले खाने गर्छन् । कफी पिउनाले थकान हट्छ । साथै, कफीले निद्रा भगाउँछ । यस्तो अवस्थामा मानिसहरू बिहान कफी पिउन मन पराउँछन् । यस्तै, धेरै मानिसहरू साँझमा पनि कफी पिउने गर्छन् । तपाईंलाई भनौँ कि कफीमा धेरै क्याफिन हुन्छ, त्यसैले कफी धेरै पिउनु हानिकारक हुन सक्छ । तर दिनमा एक दुई कप कफी पिउने हो भने यसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउन सक्छ । सीमित मात्रामा पिएको कफीले स्वास्थ्यलाई फाइदा त पुर्‍याउँछ, यो तपाईंको छालाको लागि पनि निकै राम्रो हुन्छ । यसै कारण थुप्रै कस्मेटिक कम्पनीले पनि स्किन केयर प्रोडक्ट्समा कफी समावेश गर्छन् ।

कफीमा क्लोरोजेनिक एसिड हुन्छ जसले छालासँग सम्बन्धित थुप्रै समस्या हटाउन मद्दत गर्छ । कफीले एक्जिमा, डन्डिफोर र सोरायसिसका कारण हुने सुजनलाई पनि कम गर्छ । यसबाहेक कफीले डार्क सर्कल र दाग धब्बा पनि हटाउन सक्छ । कफीको प्रयोग गर्दा चाउरी पना कम हुन्छ र घामले डढेको छालामा पनि निखार ल्याउन मद्दत गर्छ । त्यसैले तपाईंले चाहेको खण्डमा कफीको प्रयोग छालामा पनि गर्न सक्नुहुन्छ । आउनुहोस्, कफीमा के मिसाएर अनुहार लगाउने भन्नेबारे जानकारी लिऔँ ।

१. कफी र मह

अनुहारको चमक बढाउन कफीमा मह मिसाएर लगाउन सक्नुहुन्छ । यसका लागि तपाईं एक चम्चा कफी पाउडर लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । अब यो फेस प्याक अनुहारमा लगाउनुहोस् । २० मिनेटपछि मुख धुनुहोस् । कफीले अनुहारको चाउरीपन हटाउनुका साथै दाग धब्बाबाट पनि राहत प्रदान गर्न सक्छ ।  साथै, महले अनुहारको छालालाई नरम र कोमल बनाउने काम गर्छ । महले अनुहारलाई मोइश्चराइज राख्छ ।

२. कफी र जैतुनको तेल 

जैतुनको तेल कफीमा मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । यसका लागि १ चम्चा कफी पाउडर लिनुहोस् र यसमा जैतुनको तेल मिसाउनुहोस् । अब यो पेस्ट अनुहारमा लगाउनुहोस् । १५–२० मिनेटपछि पानीले अनुहार धुनुहोस्। कफी र जैतुनको तेलले अनुहारको रङ निखार्छ । यसका साथै यसले अनुहारको चमक बढाउन पनि मद्दत गर्छ ।

coffee-powder-३. कफी र दूध 

कफीमा दूध मिसाएर अनुहारमा पनि लगाउन सक्नुहुन्छ । यसका लागि एक चम्चा कफी पाउडर लिनुहोस् । त्यसमा काँचो दूध मिसाएर अनुहारमा पुरै लगाउनुहोस् । जब यो सुक्छ, अनुहार राम्ररी धुनुहोस् । दूधले अनुहारको चमक बढाउन मद्दत गर्छ । दूधले अनुहारलाई मोइश्चराइज र हाइड्रेट पनि गर्छ । अनुहारमा निखार ल्याउनका लागि, तपाईं हप्तामा एक पटक कफी र दूधको फेस प्याक लगाउन सक्नुहुन्छ । कफी र दूध मिलेर दाग–धब्बा पनि कम गर्न सक्छ । साथै, कफी र दूधले अनुहार सफा गर्न मद्दत गर्छ ।

४. कफी र कागतीको रस  

यदि अनुहारमा कालो दाग वा डार्क सर्कलहरू छन् भने, तपाईंले कफीमा कागतीको रस मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । कागतीमा साइट्रिक एसिड हुन्छ, जसले दाग धब्बा र डार्क सर्कल हटाउन मद्दत गर्छ । तपाईंले १ चम्चा कफी पाउडर लिनुहोस् । त्यसमा कागतीको रस निचोरेर अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि पानीले अनुहार धुनुहोस् । यसले अनुहारको सबै दाग हटाउँछ र अनुहारको छाला निखारिएको देखिनेछ । 

५. कफी र  घिउ कुमारी 

यदि तपाईंको ड्राई स्किन छ भने फीमा एलोभेरा मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । एलेभेरामा मोइश्चुराइजिङ गुण हुन्छ । यसले अनुहारको छाला नरम र चम्किलो बनाउँछ । यसका लागि तपाईं एक चम्चा कफी पाउडर लिनुहोस् । यसमा एलोभेर जेल मिक्स गरेर अनुहारमा लगाउनुहोस् । २० मिनेटपछि अनुहारलाई पानीले धुनुहोस् । कफी र एलोभेरालाई मिसाएर लगाउँदा डन्डिफोर र एक्जिमाको सुजन कम गर्न मद्दत मिल्न सक्छ । कफी र एलोभेराले घामले डढेको पनि कम गर्न सक्छ  ।

तपाईं कफीमा दूध, एलोभेरा, कागतीको रस, ओलिभ ओयल र मह मिसाएर आफ्नो अनुहारमा लगाउन सक्नुहुन्छ । तर यदि तपाईंलाई कफीसँग एलर्जी छ भने यो प्रयोग गर्नबाट जोगिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप