उपनिर्वाचन
चितवन २ मा कांग्रेसका श्रेष्ठको उम्मेदवारी दर्ता
सोमबार, २० चैत २०७९, १५ : ५०
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।
यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् । यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।
उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण