विवेकशील साझाले तनहुँमा रास्वपालाई समर्थन गर्ने
पोखरा । विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ । विवेकशील साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।
गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।
'राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महसुस गर्दै विवेकशील साझा पार्टी, तनहुँले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,' पार्टीले जारी विज्ञप्ति उल्लेख गरेको छ ।
विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा. पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन् ।
वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका लागि सम्पूर्ण पार्टीका सदस्य, शुभचिन्तक तथा मतदाताहरूलाई हार्दिक अपिल गर्ने ढुंगानाले बताए । ढुंगनालाई सभापति लामिछानेले धन्यवाद दिँदै आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण