शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा जलविद्युतको सेयर रजिस्ट्रार प्रभु क्यापिटल नियुक्त

सोमबार, २० चैत २०७९, २१ : ३०
सोमबार, २० चैत २०७९

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडबीच सोमबारे शेयर रजिस्ट्रारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा.भोगेन्द्रकुमार गुरागाईं र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे । 

सोमबारदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारमा नियुक्त गरिएको छ । शेयर रजिस्ट्रारको रूपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरूको अभिलेख राख्ने एवं सेयर धनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप