सगरमाथा जलविद्युतको सेयर रजिस्ट्रार प्रभु क्यापिटल नियुक्त
सोमबार, २० चैत २०७९, २१ : ३०
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेडबीच सोमबारे शेयर रजिस्ट्रारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा.भोगेन्द्रकुमार गुरागाईं र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।
सोमबारदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारमा नियुक्त गरिएको छ । शेयर रजिस्ट्रारको रूपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरूको अभिलेख राख्ने एवं सेयर धनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण