वैदेशिक रोजगार विभागले ३ अर्ब ५३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, ब्याजदरसहित दरखास्त आह्वान
मङ्गलबार, २१ चैत २०७९, ११ : १२

काठमाडौँ । वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ ।
यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यहीँ चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्न चाहेको हो ।
मंगलबार एक सूचना प्रकाशित गर्दै विभागले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित प्रस्ताव गर्न आह्वान गरेको छ । निक्षेप चाहने बैंकले ब्याजदरसहित दरभाउ पत्र फारम भरेर अनलाइनमार्फत चैत २७ गते दिनको ३ बजेभित्र दरखास्त दिनुपर्नेछ । निक्षेपको अवधि भने १ वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा