वैदेशिक रोजगार विभागले ३ अर्ब ५३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने, ब्याजदरसहित दरखास्त आह्वान
मङ्गलबार, २१ चैत २०७९, ११ : १२
काठमाडौँ । वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ ।
यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यहीँ चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्न चाहेको हो ।
मंगलबार एक सूचना प्रकाशित गर्दै विभागले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित प्रस्ताव गर्न आह्वान गरेको छ । निक्षेप चाहने बैंकले ब्याजदरसहित दरभाउ पत्र फारम भरेर अनलाइनमार्फत चैत २७ गते दिनको ३ बजेभित्र दरखास्त दिनुपर्नेछ । निक्षेपको अवधि भने १ वर्षको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण