मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

देश अराजकतातिर उन्मुख भइरहेको छः नेता केसी

मङ्गलबार, २१ चैत २०७९, १९ : १६
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको टिप्पणी गरेका छन् । मंगलवार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

 नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गरे । उनले अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताए । 

उनले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताए । उनले विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको दाबी पनि गरे ।  नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतिको विषय बनेको बताए ।

‘संगठित बिद्रोह बिस्तारै बढ्दै देश अराजकतातिर उन्मुख भइरहेको छ । चाहे आर्थिक, शैक्षिक, ऋणका दृष्टिकोण, भ्रष्टाचारले । यसमा निगरानी गर्ने गठबन्धनको निश्चित मापदण्ड र कार्यदिशा नभए हामी असफल हुन्छौँ’, उनले भने ।

नेता केसीले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के र कस्तो हुन्छ ? भन्दै प्रश्न गरे । कार्यक्रममा पूर्वसभामुख दमननाथ ढंगानाले नेपाल अल्पविकसित मुलुक बनिरहनुको कारण शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु रहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप