श्रीलङ्काले इन्धनको मूल्य घटायो
मङ्गलबार, २१ चैत २०७९, १९ : ५६
श्रीलंका । श्रीलङ्काको सरकारी स्वामित्वको लिट्रो ग्यास लङ्काले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी घरेलु तरल पेट्रोलियम (एलपी) ग्यास सिलिन्डरको मूल्य घटाएको छ।
विश्वव्यापी मूल्य कटौतीलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
कुल १२.५ किलो तौलको घरेलु ग्यासको मूल्य १ हजार ५ रुपैयाँले घटेको र परिमार्जित मूल्य अहिले ३ हजार ७ सय ३८ रुपैयाँ रहेको लिट्रो ग्यासका अध्यक्ष मुदिथा पेरिसले जानकारी दिएका छन् ।
यसैगरी ५ किलोको सिलिन्डरको मूल्य ४ सय २ रुपैयाँले घटाएर १ हजार ५०२ रुपैयाँ र २.३ किलोको सिलिन्डरको मूल्य १८३ रुपैयाँले घटेर ७ सय रुपैयाँ पुगेको छ । यसैबीच देशको अर्को प्रमुख ग्यास आपूर्तिकर्ता कम्पनीले पनि घरेलु ग्यास सिलिन्डरको मूल्य घटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण