डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित भएपछि आफ्ना समर्थकहरूलाई के भने ?
पोर्न स्टार स्टोर्मी डेनियलसँग जोडिएको मुद्दामा पेशीका बेला आफूलाई निर्दोष बताएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतका महान्यायाधिवक्तालाई नै ‘वास्तविक अपराधी’ बताएका छन् ।
ट्रम्पले म्यानहट्टनका महान्यायाधिवक्ता एल्भिन ब्रागलाई आफूसँग सम्बन्धित सूचना अवैध रूपमा चुहाएको आरोप लगाएका छन् । उनले सुनुवाइको क्रममा भने, ‘मलाई घृणा गर्ने न्यायाधीश थिए जसको परिवारले पनि मलाई मन पराउँदैन । उनीहरूकी छोरी कमला ह्यारिसका लागि काम गर्छिन् ।’
यद्यपि, ट्रम्पले सुनुवाइ गरिरहेका न्यायाधीशको आलोचना गरेको यो पहिलो पटक भने होइन ।
अदालतमा उपस्थित भइसकेपछि सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले एक अज्ञात विश्लेषकलाई उद्धृत गर्दै ‘मेरो विरुद्ध कुनै ठोस प्रमाण छैन’ भनेका छन् ।
फ्लोरिडामा आफ्नो सम्बोधनमा ट्रम्पले ‘हाम्रो देश नालीमा जाकिन लागेको’ बताएका छन् ।
उनले यति बेला सन् २०१६ मा राष्ट्रपति पदका लागि चुनाव अभियान सुरु गर्दा देखि नै उनीमाथि बिना प्रमाण आरोप लगाइँदै गरेको बताएका छन् ।
ट्रम्पले २०१६ को चुनावी अभियानमा आफूसँग सम्बन्धित नकारात्मक समाचारलाई दबाउन पैसा तिरेको आरोप लगाइएको छ । यसमा पोर्न फिल्म स्टारसँग सम्बन्धित आपराधिक मुद्दा पनि परेको छ ।
आपराधिक मुद्दा चलाइने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
सुनुवाइका क्रममा ट्रम्पले आफूलाई निर्दोष भनेका थिए । हाजिरी हुनु अघि, ट्रम्पलाई केही समयका लागि गिरफ्तार गरिएको थियो र औपचारिकता पूरा गर्न जिल्ला वकिलको कार्यालयमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण