बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित भएपछि आफ्ना समर्थकहरूलाई के भने ?

बुधबार, २२ चैत २०७९, १० : ४०
बुधबार, २२ चैत २०७९

पोर्न स्टार स्टोर्मी डेनियलसँग जोडिएको मुद्दामा पेशीका बेला आफूलाई निर्दोष बताएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतका महान्यायाधिवक्तालाई नै ‘वास्तविक अपराधी’ बताएका छन् ।

ट्रम्पले म्यानहट्टनका महान्यायाधिवक्ता एल्भिन ब्रागलाई आफूसँग सम्बन्धित सूचना अवैध रूपमा चुहाएको आरोप लगाएका छन् । उनले सुनुवाइको क्रममा भने, ‘मलाई घृणा गर्ने न्यायाधीश थिए जसको परिवारले पनि मलाई मन पराउँदैन । उनीहरूकी छोरी कमला ह्यारिसका लागि काम गर्छिन् ।’

यद्यपि, ट्रम्पले सुनुवाइ गरिरहेका न्यायाधीशको आलोचना गरेको यो पहिलो पटक भने होइन । 

अदालतमा उपस्थित भइसकेपछि सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले एक अज्ञात विश्लेषकलाई उद्धृत गर्दै ‘मेरो विरुद्ध कुनै ठोस प्रमाण छैन’ भनेका छन् ।

फ्लोरिडामा आफ्नो सम्बोधनमा ट्रम्पले ‘हाम्रो देश नालीमा जाकिन लागेको’ बताएका छन् ।

उनले यति बेला सन् २०१६ मा राष्ट्रपति पदका लागि चुनाव अभियान सुरु गर्दा देखि नै उनीमाथि बिना प्रमाण आरोप लगाइँदै गरेको बताएका छन् । 

ट्रम्पले २०१६ को चुनावी अभियानमा आफूसँग सम्बन्धित नकारात्मक समाचारलाई दबाउन पैसा तिरेको आरोप लगाइएको छ । यसमा पोर्न फिल्म स्टारसँग सम्बन्धित आपराधिक मुद्दा पनि परेको छ ।

आपराधिक मुद्दा चलाइने  ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

सुनुवाइका क्रममा ट्रम्पले आफूलाई निर्दोष भनेका थिए । हाजिरी हुनु अघि, ट्रम्पलाई केही समयका लागि गिरफ्तार गरिएको थियो र औपचारिकता पूरा गर्न जिल्ला वकिलको कार्यालयमा लगिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप