बाँकी क्याम्पसहरूमा एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग
काठमाडौँ । सत्तारूढ दलका विद्यार्थी सङ्गठनहरूले बाँकी क्याम्पसहरूमा एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरू संयुक्त विज्ञप्ति जारी गर्दै बाँकी कलेजहरूमा एउटै मितिमा निर्वाचन गर्न माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गते घोषणा गरेको स्ववियु निर्वाचन अवैधानिक भर्ना, क्याम्पस प्रशासनको चरम लापरबाही र मनोमानी ढङ्गबाट चालिएका नियोजित कदमहरूका कारण केही क्याम्पसहरूमा निर्वाचन सम्पन्न हुन नसकेको प्रति उनीहरूले आपत्ति जनाए ।
विश्वविद्यालयमा चलिरहेको परीक्षालाई मध्यनजर गर्दै मनोनयन हुन बाँकी रहेका सम्पूर्ण आगिंक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचन कार्य तालिका सार्वजनिक गर्न गमा गरेका हुन् ।
विश्वविद्यालय र क्याम्पसहरूलाई कुनै दल विशेषको इशारामा चलाउने, स्वच्छ र मर्यादितरुपमा स्ववियु निर्वाचन नगराई मनोमानी ढङ्गले दलगत स्वार्थपूर्तिको लागि निर्वाचनलाई प्रयोग गर्ने गैरजिम्मेवार र अवैधानिक हर्कतको घोर निन्दा गर्दै निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चितता गर्न संयुक्त विद्यार्थी सङ्गठनहरूले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण