शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा रेड्मी १२सी सार्वजनिक

बिहीबार, २३ चैत २०७९, १५ : ४६
बिहीबार, २३ चैत २०७९

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२सी मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन भएको कम्पनीले जनाएको छ । 
 यो फोनले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने कम्पनीको नेपालस्थित मेनेजर अमित कुमार पंडाले जानकारी दिए । उनले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् । जसले  हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ ।’

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म रु ५०० छुट पाउन सकिने कम्पनीको भनाइ छ ।  रेड्मी 12 C: 3GB+32GB, 4GB+64GB, 6GB+128GB गरी तीन स्टोरेज भेरियन्ट र तीन रंग( ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु. १३,४९९ , रु. १४,४९९ र रु. १६,९९९ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप