आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन र अस्कल बाहेकका क्याम्पसहरूमा चैत ३० गते एकसाथ स्ववियु निर्वाचन गर्ने सहमति

बिहीबार, २३ चैत २०७९, १७ : २५
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । ४ विद्यार्थी संगठनहरूबीच यही चैत ३० गते स्ववियु निर्वाचन गराउने सहमति भएको छ । यसअघि निर्वाचन हुन बाँकी रहेका कलेजहरूले छुट्टाछुट्टै मितिमा निर्वाचन गराउने तयारी गरेका थिए । तर, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरूबीच पाटन संयुक्त र अस्कल बाहेकका क्याम्पस तथा कलेजहरूमा चैत ३० गते निर्वाचन गर्ने भएको हो ।

पाटन संयुक्त र अस्कलमा भने यसअघि तोकिएको मितिमा नै निर्वाचन हुनेछ । जसअनुसार अस्कलमा भोलि निर्वाचन हुन लागेको छ । त्यस्तै पाटन संयुक्त क्याम्पसमा २५ गते निर्वाचन हुँदैछ । ती बाहेकका रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल कमर्स क्याम्पस लगायतका क्याम्पसमा भने ३० गते निर्वाचन हुने भएको हो ।

क्याम्पसहरूले सोही आधारमा तयारी थालेका छन् । आरआरमा २६ गते निर्वाचन हुने कार्यतालिका थियो । तर, हिजो नेविसंघले विभिन्न माग राखेर तालाबन्दी गरेको थियो । जसले गर्दा निर्वाचन अनिश्चित बनेको थियो ।

 

आज बिहान चार वटै विद्यार्थी संगठनका अध्यक्षहरूले विज्ञप्ति जारी गर्दै एउटै मितिमा निर्वाचन गराउन सहमति जनाएका हुन् । त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।

 उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप