आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक्कासि बढ्यो, स्वास्थ्य मन्त्रीले समीक्षा बैठक बोलाउँदै

शुक्रबार, २४ चैत २०७९, ०९ : ३२
शुक्रबार, २४ चैत २०७९

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको वृद्धिको बीचमा शुक्रवार (आज) सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्दै छन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै, स्वास्थ्य राज्यमन्त्री डा. भारती प्रवीण पवारले केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूलाई कोभिड–१९ सम्बन्धी दिशानिर्देशहरू जारी गरेको जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले कोभिडबारे सबै राज्यहरूसँग समीक्षा गर्नुभएको छ । आज स्वास्थ्य मन्त्री डा. मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्नेछन् ।’

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो ।

बिहीबार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५८७ पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप