सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी नायिका अक्षरा सिंहले दोस्रो एमएमएस लिक भएपछि भनिन्, ‘के म पनि पासो लगाऊँ ?’

शुक्रबार, २४ चैत २०७९, ११ : २२
शुक्रबार, २४ चैत २०७९

भोजपुरी फिल्म उद्योगकी नायिका अक्षरा सिंह पछिल्लो समय चर्चामा छिन् । केही महिना अघि अक्षरा सिंहको एउटा एमएमएस भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यसबारे प्रतिक्रिया दिँदै अक्षरा सिंहले  भिडियोमा देखिएको व्यक्ति आफू नभएको बताएकी थिइन् । उनले आफूलाई कसैले बदनाम गर्न कोसिस गरिरहेको बताउँदै यस्ता व्यवहारले आफूलाई कुनै फरक नपार्ने बताएकी थिइन् । 

तर अब अक्षरा सिंह एक पटक पुनः चर्चामा आएकी छिन् । केही रिपोर्टमा दाबी गरिए अनुसार अक्षरा सिंहको अर्को एउटा क्लिप इन्टरनेटमा भाइरल भइरहेको छ । यो भिडियोमा अक्षरा सिंह आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिएकी छिन् ।

स्मरण रहोस्, अक्षरा सिंहको दोस्रो पटक यो एमएमएस भिडियो टेलिग्राममा लिक भएको हो । नायिकालाई यसले निकै तनाव दिइरहेको छ । हालै भाइरल भएको एमएमएस भिडियोमा अक्षरा सिंहले प्रतिक्रिया दिएकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘सन् २०१८ देखि मेरो पछाडि एउटा समूह नै लागी परेको छ । उनीहरू चाहन्छन् कि म दोस्रो आकांक्षा दुबे बनूँ ।’

आजतकको रिपोर्ट अनुसार अक्षराले भनिन्, ‘मानिसहरूले मेरो मौनताको फाइदा उठाउन सुरु गरेका छन् । मलाई लाग्छ कि मानिसहरूले म दोस्रो आकांक्षा दुबे बनुन् भन्ने चाहेका छन् । के म पनि यी सबै कुराले चिन्तित भएर पासो लगाऊँ ?’ यसका साथै अक्षरा सिंहले कानुनी उपचार खोज्नेबारे कुरा गरिन् । 

स्मरण रहोस्, अक्षरा सिंहको यो भिडियो टेलिग्राम र रेडिट साइट्समा अनलाइन सार्वजनिक भएका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप