भोजपुरी नायिका अक्षरा सिंहले दोस्रो एमएमएस लिक भएपछि भनिन्, ‘के म पनि पासो लगाऊँ ?’
भोजपुरी फिल्म उद्योगकी नायिका अक्षरा सिंह पछिल्लो समय चर्चामा छिन् । केही महिना अघि अक्षरा सिंहको एउटा एमएमएस भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यसबारे प्रतिक्रिया दिँदै अक्षरा सिंहले भिडियोमा देखिएको व्यक्ति आफू नभएको बताएकी थिइन् । उनले आफूलाई कसैले बदनाम गर्न कोसिस गरिरहेको बताउँदै यस्ता व्यवहारले आफूलाई कुनै फरक नपार्ने बताएकी थिइन् ।
तर अब अक्षरा सिंह एक पटक पुनः चर्चामा आएकी छिन् । केही रिपोर्टमा दाबी गरिए अनुसार अक्षरा सिंहको अर्को एउटा क्लिप इन्टरनेटमा भाइरल भइरहेको छ । यो भिडियोमा अक्षरा सिंह आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिएकी छिन् ।
स्मरण रहोस्, अक्षरा सिंहको दोस्रो पटक यो एमएमएस भिडियो टेलिग्राममा लिक भएको हो । नायिकालाई यसले निकै तनाव दिइरहेको छ । हालै भाइरल भएको एमएमएस भिडियोमा अक्षरा सिंहले प्रतिक्रिया दिएकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘सन् २०१८ देखि मेरो पछाडि एउटा समूह नै लागी परेको छ । उनीहरू चाहन्छन् कि म दोस्रो आकांक्षा दुबे बनूँ ।’
आजतकको रिपोर्ट अनुसार अक्षराले भनिन्, ‘मानिसहरूले मेरो मौनताको फाइदा उठाउन सुरु गरेका छन् । मलाई लाग्छ कि मानिसहरूले म दोस्रो आकांक्षा दुबे बनुन् भन्ने चाहेका छन् । के म पनि यी सबै कुराले चिन्तित भएर पासो लगाऊँ ?’ यसका साथै अक्षरा सिंहले कानुनी उपचार खोज्नेबारे कुरा गरिन् ।
स्मरण रहोस्, अक्षरा सिंहको यो भिडियो टेलिग्राम र रेडिट साइट्समा अनलाइन सार्वजनिक भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण