भारतमा २४ घण्टामा कोभिड सङ्क्रमितको सङ्ख्या ६ हजार पार, १४ को मृत्यु
शुक्रबार, २४ चैत २०७९, १२ : ३३
भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ ।
गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३.३९ र साप्ताहिक पोजिटिभिटी दर ३.०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४.४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।
India logs 6,050 fresh Covid cases, highest in 203 days, while active cases have increased to 28,303, according to Union health ministry data
— Press Trust of India (@PTI_News) April 7, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण