ट्विटरमा फेरि फर्कियो चरा
शुक्रबार, २४ चैत २०७९, १३ : २७
ट्विटरको चर्चित निलो चरा प्लेटफर्ममा फर्किएको छ । ट्विटरको चराको लोगोलाई डोजकोइनको लोगोले प्रतिस्थापन गरेर सबैलाई चकित पारेको केही दिनपछि अर्बपति तथा माइक्रोब्लगिङ साइटका मालिक एलन मस्कलाई निलो चरालाई पुनः फिर्ता ल्याएका छन् ।
सानो निलो चरासँग अभ्यस्त भएका विश्वभरका ट्विटर प्रयोगकर्ताले यसमा शिबा इनु प्रजातिको कुकुरको लोगो राखिएपछि मानिसहरूमा एक प्रकारको कौतुहलता जागेको थियो ।
आखिर किन एलनले यस्तो गरे ? मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी– डोजक्वाइनको लोगोलाई ट्विटरमा राख्दा पनि यसबारे सार्वजनिक रूपमा केही जानकारी दिएका थिएनन् । अहिले ट्विटरमा चरा फर्किसकेपछि पनि उनको तर्फबाट कुनै बयान आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण