सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्कले चरा उडाए, कुकुरलाई बसाए : के हो पूरा मामिला ?

मङ्गलबार, २१ चैत २०७९, १२ : ५५
मङ्गलबार, २१ चैत २०७९

What's happening ? अर्थात्, के भइरहेको छ ?

सधैँ ट्विटरको गृह पृष्ठमा देखा पर्ने प्रश्नको एउटा सम्भावित जवाफ हो – धेरै कुरा भइरहेको छ ।

त्यो किनभने ट्विटर निरन्तर परिवर्तन भइरहेको छ । एलन मस्कले ट्विटर खरिद गरेपछि यो स्पष्ट भयो कि यो सोसल मिडिया प्लेटफर्म द्रुत रूपमा परिवर्तन हुनेछ ।

यसै अन्तर्गत ट्विटरमा नयाँ परिवर्तन देखिएको छ । परिवर्तन यो हो कि केही प्रयोगकर्ताहरूले डेस्कटपमा ट्विटर खोल्दा जहाँ चरा देख्थे भने अहिले त्यहाँ कुकुर देखिन थालेको छ ।

twwiter1यो कुकुरमा क्लिक गर्दा यसले ट्विटर फिडलाई रिफ्रेस गर्छ र तपाईंलाई ट्विटर फिडको शीर्षमा ल्याउँछ ।

यो कुकुर डोजी नामले प्रसिद्ध छ । तपाईंले यसलाई सामाजिक सञ्जाल मिम्समा पनि देख्नु भएको होला । ट्विटरमा कुकुर देखिएपछि नै ‘ट्विटर लोगो’ केही समय सामाजिक सञ्जालमा टप ट्रेन्डमा रह्यो । तर, कुरा यतिमा मात्रै सीमित छैन ।

twwiter2यो कहानीमा हामी तपाईंलाई यी प्रश्नको जवाफ दिनेछौँ :

–एलन मस्कसँग यो कुकुरको के सम्बन्ध छ ?

– यो डोजी मीम भएको कुकुरको कहानी के हो ? 

– सामाजिक सञ्जालमा कुकुरलाई कसरी स्वागत भइरहेको छ ?

एलन मस्कले के भने र डोगेकोइन के हो ?

एलन मस्कले ट्विटरमा आफ्ना पुराना ट्विट सेयर गरेका छन् ।

यी ट्विटहरूमा, एलनले नयाँ प्लेटफर्म चाहिन्छ ? भनेर सोधेका छन् ।

यसको जवाफमा एक प्रयोगकर्ताले ‘छ, ट्विटर किन र चराको लोगोलाई फेरेर कुकुरमा परिवर्तन गर,’ भनेर लेखेका थिए । 

एलन मस्कले अहिले यो ट्विटको स्क्रिन सट सेयर गरेका छन् र लेखेका छन् – बाचा पूरा गरेँ ।

twwiter3यसअघि एलन मस्कले पनि एउटा मिम सेयर गरेका थिए ।

यस मेममा एक पुलिसकर्मीले आफ्नो हातमा कार्ड समातेका छन् र फोटोको ठाउँमा नीलो चरा अर्थात् ट्विटरको लोगो देखिन्छ । यसमा कुकुरले जवाफ दिन्छ –  यो पुरानो फोटो हो ।

मिमसँग मस्कले पुरानो नीलो चराको लोगोलाई अब नयाँ लोगोले प्रतिस्थापन गर्ने र यो लोगो कुकुरको हुने सङ्केत गर्ने प्रयास गरेका छन् ।

ब्लूमबर्गको रिपोर्टका अनुसार ट्विटरमा यो कुकुरको लोगो आएपछि डोजीकोइन नामको क्रिप्टोकरेन्सीको शेयरमा ३० प्रतिशतले वृद्धि आएको छ ।

डोजीकोइनलाई विश्वको तेस्रो शक्तिशाली क्रिप्टोकरेन्सी मानिन्छ र यो एलन मस्कसँग सम्बन्धित छ ।

डोजीकोइनको लोगो पनि यही कुकुर हो । डोजीकोइन र एलन मस्कसँग सम्बन्धित मुद्दा पनि अदालतमा चलिरहेको छ । मस्कमाथि यो २५८ बिलियन डलरको मुद्दा अमेरिकामा चलिरहेको छ, जसमा मस्कले शुक्रवार अदालतलाई मुद्दा बन्द गर्न आग्रह गरेका छन् ।

मस्कमाथि डोजीकोइन प्रवर्द्धन गर्न लगानीकर्ताहरूलाई प्रभाव पारेको आरोप छ । एलन मस्कका वकिलहरूले भनेका छन् कि त्यस्तो कुनै प्रमाण प्रदान गरिएको छैन जसको आधारमा मस्कले प्रभाव पार्ने काम गरेको भन्न सकिन्छ ।

डोजीकोइनका लागि मस्कको प्रेमलाई यसरी बुझ्नुहोस् कि एक समयमा उनले शब्दहरूसँग खेल्दै आफूलाई डोजीफादर भनेका थिए ।

सन् २०२१ मा मस्कले डोजी–१ नामक स्याटलाइट प्रक्षेपण गर्ने कुरा पनि गरे र चन्द्रमामा पठाउने यो मिसनलाई डोजिकोइनबाट खर्च गरिने बताए ।

मस्कले गत वर्ष भनेका थिए कि टेस्ला डोजिकोइनको मालिक हुन् । टेस्ला मस्कको इलेक्ट्रिक कार कम्पनी हो ।

यस वर्षको फेब्रुअरी १५ मा कुकुरको तस्बिर सेयर गर्दै मस्कले लेखे – ट्विटरको नयाँ सिइओ कमालको छ ।

dogecoinडोजी नामको यो कुकुर को हो ?

मस्कले ट्विटरको लोगोलाई यही डोजीको बनाउनुको कारण भने खुलाएका छैनन् ।

यद्यपि, विगतदेखि नै मस्कले डोजिकोइनका लगानीकर्ताहरूले दायर गरेको मुद्दाको अन्त्यको माग गर्दै आएका छन् । 

यस्तो अवस्थामा एलन मस्कको स्वभाव र मुड थाहा पाउनेहरूले ट्विटरको लोगोमा कुकुर राख्नुको कारण के हुन सक्छ भन्ने अनुमान लगाउन सक्छन् ।

साथै, यस्तो गर्ने बित्तिकै डोजीकोइनको सेयरमा वृद्धि आएको छ । 

अब तपाई सोच्न सक्नुहुन्छ कि आखिर यो कुकुर को हो ?

यसको एक सरल जवाफ छ –  सामाजिक मिडिया मिम ।

जापानमा कुकुरको एउटा जात छ – शिबा इनु । यसै जातको एउटा कुकुरको नाम हो –  काबोसू ।

सामाजिक सञ्जालमा शेयर गरिएको तस्बिर २०१० को हो, यो तस्बिर त्यति बेला ब्लगमा अपलोड गरिएको थियो ।

यो कुकुरलाई कुकुरको आश्रयबाट उद्धार गरिएको थियो । शिबा इनु जातका अन्य कुकुरहरूको फोटो पनि मीम्समा प्रयोग गरिन्छ । तर काबोसु सबैभन्दा प्रसिद्ध छ ।

वासिङ्टन पोस्टका अनुसार, सफ्टवेयर इन्जिनियरहरू बिली मार्कस र ज्याक्सन पाल्मरले बिटकोइनको प्यारोडी डोजीकोइन सिर्जना गर्दा कुकुर अधिक लोकप्रिय भयो ।

मार्कसले सीएनबीसीसँगको कुराकानीमा डोजीकोइन दुई घण्टामा सिर्जना गरिएको थियो ।

twitterट्विटरमा कुकुरको आगमनले कस्तो प्रतिक्रिया ?

ट्विटरको नयाँ लोगो आएपछि सामाजिक सञ्जालमा प्रतिक्रियाहरू आइरहेका छन् । तर, अहिले कुकुरको लोगो डेस्कटपमा मात्रै देखिएको छ ।

रितिकाले ट्विट गरेकी छिन्, ‘ट्विटरको छटनीमा चरासमेत जोगिन सकेन ।’

खुश्बु प्रसादले लेखेका छन्, ‘एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । अब यसको नाम पनि परिवर्तन गरेर बार्क अर्थात् ‘भुक्नु’ राख्नुपर्छ ।’

धर्मेन्द्र शर्माले लेखेका छन्, ‘ट्विटरमा जसरी मानिसहरू कुकुर झैँ झगडा गर्थे । यस्तो अवस्थामा यस्तै हुनु पर्ने थियो ।’

नेहाले ट्विट गर्दै भनिन्, ‘पहिले मानिसहरू चिर्बिराउने गर्थे । अब जनता भुक्नेछन् ।’

प्रीति लेख्छिन्, ‘अब ट्विट गर्दैनौँ, अब हामी भुक्छौँ ।’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप