बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पुनर्जन्म लिन्छन् भनेका पास्टर उठेनन्, दुई वर्षपछि गरियो अन्तिम संस्कार

शुक्रबार, २४ चैत २०७९, १४ : १९
शुक्रबार, २४ चैत २०७९

दक्षिण अफ्रिकाका पास्टर सिभा मुडेको मृत्यु सन् २०२१ मा भएको थियो तर मुर्दाघरमा लगभग ६०० दिन बिताएपछि उनको अन्तिम संस्कार गत महिना मात्रै गरिएको छ । यसो गर्नुको एउटा रोचक कारण छ । उनका परिवार र मण्डलीलाई उनी पुनः ब्युँझिन्छन् कि भन्ने आशा थियो तसर्थ यतिका दिनदेखि उनको अन्तिम संस्कार गरिएको थिएन ।  

उत्तरी जोहान्सबर्गस्थित द मिराकल सेन्टरका संस्थापक शिभा मुड्लीको मृत्यु सन् २०२१ अगस्ट १५ मा भएको थियो । यद्यपि, उनको अन्तिम संस्कार गर्नुको साटो उनका परिवारले उनलाई मुर्दाघरमा नै छोडिदिए, पुनर्जन्म हुने आसमा । मुर्दाघरमा उनकी श्रीमती र परिवारका अन्य सदस्य प्रार्थनाका लागि सधैँ मुर्दाघर जाने गर्दथे । तर त्यसको केही महिनापछि उनीहरुले त्यसो गर्न पनि बन्द गरे र मुड्लीको अन्तिम संस्कारका लागि अनुमति दिन मानेनन् । स्थिति त्यति बेला थप बिग्रियो जब उनीहरुले चर्च भित्र पास्टरको मृत्युलाई स्वीकार गर्न अस्वीकार गरे । उनी पुनर्जीवित नभएसम्म चर्चका सबै कामकारबाहीलाई यथावत् राखे ।

तर मुर्दाघरमा धेरै समयसम्म शव रहेपछि त्यसका मालिकले परिवारका सदस्यसँग अन्तिम संस्कारका लागि अनुमति मागे । लामो समयसम्म शवलाई यत्तिकै राख्दा वातावरणमा निम्तिने खतराबारे पनि उनले अवगत गराए । तर पछि परिवारका सदस्यले मुर्दाघरका मालिकसँग पनि सम्पर्क तोडे । अन्त्यमा, मुर्दाघरका मालिकसँग परिवारविरुद्ध कानुनी उपचार थाल्नुको कुनै विकल्प रहेन । 

‘यसमा परिवारको सहमति चाहिन्छ । कुनै पनि व्यक्तिको अन्तिम संस्कार मेरो आफ्नो निर्णयमा हुन सक्दैन,’ मुर्दाघरका मालिकले भने । ‘यसको अधिकार परिवारलाई हुन्छ तर उनीहरुले यसबारे केही पनि भनिरहेका छैनन् । उनी निकै चर्चित व्यक्ति थिए, उनीमाथि यस्तो व्यवहार गरिनु हुँदैन । अदालतले केही राहत दिने आशा छ ।’

अदालतका कागजातले देखाए अनुसार मुड्लीकी श्रीमती जेसीले धर्मगुरुहरू पुनः जीवित हुने आफ्नो विश्वास रहेकोले परिवारले पास्टरको अन्तिम संस्कारका लागि अनुमति नदिएको बताइन् । तर परिवारलाई २८ पटक सम्पर्क गरेको प्रमाण र उक्त शवबाट वातावरणमा पर्ने खतरालाई मध्यनजर गर्दै जोहान्सबर्गस्थित गाउटेङ्ग उच्च अदालतले शवको अन्तिम संस्कार गर्न निर्देशन दियो । 

अन्ततः मुड्लीको शवलाई मार्च १६ मा जोहान्सबर्गस्थित वेस्ट पार्क सिमेट्रीमा उनका दाजुभाइ र टाढाका आफन्तको उपस्थितिमा अन्तिम संस्कार गरियो । उनकी श्रीमती र दुई सन्तानको भने अन्तिम संस्कारमा उपस्थिति रहेन । दक्षिण मिडियाका सञ्चार माध्यमद्वारा प्रकाशित समाचारमा उनीहरुले द मिराकल सेन्टरको सञ्चालन गरिरहेका छन् । क्रिष्चियन मिनिस्ट्रीको वेबसाइटमा मुड्लीको निधनबारे कुनै जानकारी दिइएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप