एनआईसी एशिया बैंकका ग्राहकहरूलाई केसर स्वीट्समा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा छुट पाउने भएका छन् । विभिन्न मिठाईका परिकारहरु खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको हो ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरे ।
पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले यस्ता सम्झौता गर्दै आएको छ । जसअनुसार बैंक खाता सञ्चालन गरेर मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाईका परिकारहरु खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
-
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन
-
प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म
-
हेवाखोलामा भत्किएको बेलिब्रिज तत्काल बनाउन योगेश भट्टराईको माग
-
श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रविले राजीनामा दिनुपर्छ कि पर्दैन ?