३३ वर्षपछि लिग उपाधि जित्ने नजिक नापोली
नापोली । लिचलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको लाजियोमाथि १९ अङ्कको अग्रता बनाएपछि नापोली ३३ वर्षमा आफ्नो पहिलो सिरी ए उपाधि जित्न एक कदम नजिक पुगेको छ। आइतबार भएको खेलमा एसी मिलानसँग ४–० ले पराजित भएपछि पाहुना टोलीले पुनरागमन गरेको हो ।
नापोलीका लागि जियोभान्नी डि लोरेन्जोले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए तर ब्रेकपछि फेडेरिको डि फ्रान्सेस्कोले बराबरी गोल फर्काए । तर डिफेन्डर एन्टोनिनो गालोले बललाई चेस्टिङ गर्दा गोलकिपर व्लादिमिरो फाल्कोनको हातबाट चिप्लिएर आत्मघाती गोल भएपछि नापोलीले खेल जित्यो।
अन्यत्र, शुक्रबार नै इन्टर मिलानका रोमेलु लुकाकुले शृङ्खलाबद्ध अवसरहरू गुमाउँदा ९० औँ मिनेटमा सालेर्निटानाको बराबरी गोलमा सिमोन इन्जाघीको टोली १–१ को बराबरीमा रोकिएको छ।
एम्पोलीसँग गोलरहित बराबरीमा रोकिएको एसी मिलान आफ्ना सहरको प्रतिद्वन्द्वीभन्दा एक अंकले माथि तेस्रो स्थानमा रहेको छ । उता लाजियोले शनिबार सातौँ स्थानको युभेन्टसको आतिथ्य गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण