३३ वर्षपछि लिग उपाधि जित्ने नजिक नापोली

नापोली । लिचलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको लाजियोमाथि १९ अङ्कको अग्रता बनाएपछि नापोली ३३ वर्षमा आफ्नो पहिलो सिरी ए उपाधि जित्न एक कदम नजिक पुगेको छ। आइतबार भएको खेलमा एसी मिलानसँग ४–० ले पराजित भएपछि पाहुना टोलीले पुनरागमन गरेको हो ।
नापोलीका लागि जियोभान्नी डि लोरेन्जोले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए तर ब्रेकपछि फेडेरिको डि फ्रान्सेस्कोले बराबरी गोल फर्काए । तर डिफेन्डर एन्टोनिनो गालोले बललाई चेस्टिङ गर्दा गोलकिपर व्लादिमिरो फाल्कोनको हातबाट चिप्लिएर आत्मघाती गोल भएपछि नापोलीले खेल जित्यो।
अन्यत्र, शुक्रबार नै इन्टर मिलानका रोमेलु लुकाकुले शृङ्खलाबद्ध अवसरहरू गुमाउँदा ९० औँ मिनेटमा सालेर्निटानाको बराबरी गोलमा सिमोन इन्जाघीको टोली १–१ को बराबरीमा रोकिएको छ।
एम्पोलीसँग गोलरहित बराबरीमा रोकिएको एसी मिलान आफ्ना सहरको प्रतिद्वन्द्वीभन्दा एक अंकले माथि तेस्रो स्थानमा रहेको छ । उता लाजियोले शनिबार सातौँ स्थानको युभेन्टसको आतिथ्य गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री सिंह र भाजपा नेता जोलीबिच भेटवार्ता
-
दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई
-
सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालीन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
इन्जिनियरको सरुवा प्रक्रियामा प्रश्न उठाउँदै साहद्वारा छानबिन समितिको माग