करेन्ट लागेर एक जनाको मृत्यु
आइतबार, २६ चैत २०७९, १५ : ०८
सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-१ दमाचौरस्थित वर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रह्लाद शाहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
फाइबर लाइन बिस्तार गर्नको लागि विद्युत्को पोलमा सिडी लगाउने क्रममा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दीर्घायु मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण