रिंकुको अन्तिम पाँच बलमा पाँच छक्का, राशिदको ह्याट्रिक खेर
अहमदाबाद । जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले रिंकु सिंहको अविश्वसनीय इनिङ्सको मद्दतले गुजरात टाइटन्सलाई पराजित गरेको छ । रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का प्रहार गरे। उनले २१ बलमा ४८ रन बनाएर अविजित रहँदै टोलीलाई शानदार जीत दिलाए ।
गुजरात टाइटन्सका लागि राशिद खानको ह्याट्रिक पनि काम गर्न सकेन । उनले आन्द्रे रसल, सुनिल नरेन र सर्दूल ठाकुरलाई आउट गर्दै टोलीलाई जीत नजिक पुर्याएका थिए । कोलकातालाई अन्तिम ओभरमा जितका लागि २९ रन आवश्यक थियो। तर रिंकु सिंहको यो इनिङ्सको मद्दतले टोलीले २०७ रन बनाएर खेल तीन विकेटले जित्यो ।
यसअघि अन्तिम दुई ओभरमा विजय शंकरले पाँच छक्का प्रहार गर्दा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो। आईपीएलको १३ औं खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो, जसमा गुजरातले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण