ए डिभिजन लिगः आज तीन खेल हुँदै
सोमबार, २७ चैत २०७९, ०९ : १०
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । त्यस्तै आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ । रंगशालामा नै हुने आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण