रुसद्वारा ६९९ किलो कोकिन बरामद
सोमबार, २७ चैत २०७९, २० : २८
मस्को । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ । सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना बनाइएको बुझिएको छ ।
दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रुबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको सो लागुऔषधि रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ । संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रुसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ।
रुसी कानुन अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण