बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका काममा हस्तक्षेप गर्नुहुँदैन : सचिव पोखरेल

मङ्गलबार, २८ चैत २०७९, १४ : १४
मङ्गलबार, २८ चैत २०७९

 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका काममा हस्तक्षेप गर्न नहुने बताएका छन् । 

मंगलबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै उनले अनुसन्धान परिषद् स्वायत्त संस्था भएकाले काममा हस्तक्षेप गर्न नहुने बताएका हुन ।

परिषद्ले   आगामी दिनमा थप अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजनामा गरिएको शिखर सम्मेलन दुई दिनसम्म चल्ने छ ।

‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । सम्मेलनमा नेपालका पाँच सयभन्दा धेरै स्वास्थ्य अनुसन्धानकर्ता, वैज्ञानिक र अन्य १० देशका वैज्ञानिकको सहभागी रहेको राष्ट्रिय अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले बताए । 

वैज्ञानिक सम्मेलनमा १५० कार्यपत्र प्रस्तुत गरिने छ भने १३७ मौखिक प्रस्तुति गरिने डा. ज्ञवालीले बताए । यस्तै, सम्मेलनमा ६४ वटा पोष्टर समेत प्रस्तुत गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप