स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका काममा हस्तक्षेप गर्नुहुँदैन : सचिव पोखरेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका काममा हस्तक्षेप गर्न नहुने बताएका छन् ।
मंगलबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै उनले अनुसन्धान परिषद् स्वायत्त संस्था भएकाले काममा हस्तक्षेप गर्न नहुने बताएका हुन ।
परिषद्ले आगामी दिनमा थप अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजनामा गरिएको शिखर सम्मेलन दुई दिनसम्म चल्ने छ ।
‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । सम्मेलनमा नेपालका पाँच सयभन्दा धेरै स्वास्थ्य अनुसन्धानकर्ता, वैज्ञानिक र अन्य १० देशका वैज्ञानिकको सहभागी रहेको राष्ट्रिय अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले बताए ।
वैज्ञानिक सम्मेलनमा १५० कार्यपत्र प्रस्तुत गरिने छ भने १३७ मौखिक प्रस्तुति गरिने डा. ज्ञवालीले बताए । यस्तै, सम्मेलनमा ६४ वटा पोष्टर समेत प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण