पाकिस्तानमा संविधान रक्षाको प्रस्ताव पारित
इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षा गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने प्रतिबद्धतासहित प्रस्ताव सोमबार पारित गरेको हो ।
पारित प्रस्तावअनुसार राष्ट्रियसभाले संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा पाकिस्तानका जनताको अधिकार हितको रक्षाका लागि राज्यका सबै अङ्गलाई आवश्यक कदम चाल्न आग्रह गरेको गरिएको छ ।
प्रधानमन्त्री शहबाज शरिफले प्रस्तुत गरेको प्रस्तावमा सङ्घीयताको सिद्धान्तलाई संविधानको एक आधारभूत सिद्धान्तका रूपमा कायम राख्नुपर्नेमा जोड दिइएको थियो । साथै उनले पाकिस्तानलाई आर्थिक रुपमा विकसित र आत्मनिर्भर मुलुक बनाएर जनतालाई सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
“संविधान पाकिस्तानको संरक्षक एवम् मार्गदर्शक सिद्धान्त पनि हो । हामी यसको रक्षाका खातिर आफ्नो जीवन बलिदान गर्न तत्पर छौँ,” पाकिस्तानी प्रधानमन्त्रीले भने । संविधानलाई सबै राज्य संस्थाको जननी भन्दै प्रधानमन्त्री शरिफले देशको संविधानले नै राष्ट्रलाई एकताको सूत्रमा आबद्ध गर्ने र त्यसप्रति सबै नागरिकको अटुट आस्था रहेको बताए ।-(रासस /सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण