फोहोर नउठाएकोमा मेयर बालेनसँग सरकारले छलफल गर्ने
काठमाडौँ । सरकारले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन शाहसँग आवश्यक छलफल गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर बालेन शाहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् । ‘फोहोर नउठेको विषय गम्भीर कुरा हो । यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निर्णय भयो’,मन्त्री शर्माले भनिन्, ‘काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था हो । यो व्यवस्था परिवर्तन भएको छैन । व्यवस्था परिवर्तन नहुँदै महानगर प्रमुखले त्यस्तो घोषणा किन गर्नुभयो ? यसलाई सरकारले गम्भीर रुपमा लिएको छ ।’
मेयर बालेन शाहले शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण