विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो । साथै स्वदेशमा उत्पादन भएको तरकारी र खाद्यान्न समेतको विषादी परीक्षण हुने भएको छ ।
सरकाले भारतबाट आयात हुने तरकारी सहित खाद्यान्नको विषादी परीक्षण रोकेको भन्दै आलोचना समेत भएको थियो । त्यस आलोचनालाई मध्यनजर गर्दै संसदीय समितिबाट तयार गरेको विधेयकका आधारमा विदेशबाट आयात हुने तरकारी र विषादीको परीक्षण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् । तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारत लगायत अन्य मुलुकबाट आयात हुने गरेको थियो । अब सरकारले विदेशबाट आयात हुने तरकारी र खाद्यान्नको विषादी जाँच गरेर ल्याउन दिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण